काठमाडौं टोखा नगरपालिकाबाट लागुऔषध कारोबारी पक्राउ परेका छन्।
ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले अनियावास गाउँपालिका-४ धादिङका ३१ वर्गीय दुर्गासिंह तामाङलाई पक्राउ गरेको हो।
उनको साथबाट २३ लाख ४० हजार रुपैयाँ र २५.५ ग्राम ब्राउनसुगर बरामद भएको ब्युरोले जनाएको छ।
उनी टोखा नगरपालिका-८ रमणवस्तीमा बस्ने गरेका थिए। उनी सवार बा५९प ५२३८ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
तामाङलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।