तुलसीपुरमा २८ करोड रुपैयाँ लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गर्न नगर विकाससँग सम्झौता भएको छ।
बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स निर्माण गर्न नगर विकास कोषले ७० प्रतिशत ऋण दिने सम्झौता भएको छ।
नगर विकास कोष र तुलसीपुर उपमहानगरपालिकाका बीचमा बुधबार यसबारे सम्झौता भयो।
सम्झौतामा ३० प्रतिशत रकम भने उपमहानगरपालिको आफैं व्यहोर्ने उल्लेख छ।
नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित तुलसीपुरको पहिचान दिने आधुनिक व्यापारिक कम्प्लेक्स निर्माणको काम अगाडि बढ्नु खुसीको कुरा भएको बताए।
उनले तुलसीपुरलाई आधुनिक सहरको पहिचान दिन कम्प्लेक्सले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे।
उपमहानगरपालिकाले आफ्नो सम्मुखमा रहेको पुरानो तरकारी बजार भएको ठाउँमा बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने तयारी गरेको छ।