त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।
विमानस्थलबाट तीन सय ४५ ग्राम सुनसहित चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरूङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
कतार एअरवेजबाट काठमाडौं आएका गुरूङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटनभित्र लुकाएर ल्याइएको सुन फेला परेको हो।
सो सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ का ३१ वर्षीय टकबहादुर गुरूङलाई समेत प्रहरीले पक्राउ गरेको छ।
बरामद सुनसहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।