स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक कर्मचारीको कोरोनाको कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा ललितपुर गोदावरी निवासी ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठ रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
उनको वीर अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको उनले बताए।