आगुऔषध मुद्दाका दुई फरार अभियुक्त पक्राउ परेका छन्।
रोल्पाका जिल्लाको सुनछरी गाउँपालिका वडा नं. १ का २७ वर्षीय राजु विक र रुकुमपश्चिम मुसिकोट नगरपालिकाको रातामाटाका २७ वर्षकै विवेक खड्का पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दका अनुसा विक रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को सुलीचौर बजारबाट माघ ५ गते र रुकुम पश्चिमका खड्का माघ ८ गते काठमाडौंबाट पक्राउ परेका हुन्।
विक असोज २५ गते दाङको घोराही उपमहानगरपालिका वडा नं. ९ बनगाउँबाट बेलुका ८ बजे फरार भएका थिए।
रा५प ९४३३ नम्बरको मोटरसाइकलमा सवारमध्ये विनोद डाँगी र घनसिंह टमोटालाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो। उनीहरूको साथबाट प्रहरीले ३ किलो ७ सय ५० ग्राम अफिम र एउटा चितुवाको छाला बरामद गर्न सफल भएको थियो।
त्यस्तै, गत पुस २६ गते दाङको घोराही १५ कपाँसी बगियामा डेरा गरी बस्ने सोही वडाको भरतपुर घर भएका प्रकाश गिरीको डेराबाट ३५ ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।
त्यही सूचनाको आधारमा घोराही १५ बुद्धि ग्यारेजनजिकै डेरा गरी बस्ने सन्तोष वलीको कोठाबाट ७ ग्राम ८ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि रुकुम पश्चिमको मुसिकोट नगरपालिका रातामाटाका खड्का फरार भएका थिए।