मदिरा सेवन गरेर आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन्।
७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।
प्रेमलाई हिरासतमा लिई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।