इमो र ह्वाट्सएपबाट चिठ्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले बाराबाट एक युवालाई पक्राउ गरेको छ।
प्रसौनी गाउँपालिका-४ का २७ वर्षीय युवा भोला महतोलाई बारा प्रहरीले मंगलबार पक्राउ गरी बुधबार ठगी मुद्दामा अनुसन्धान थालेको हो।
महतोले गढीमाई नगरपालिका-३ का ह्वाट्सएप र इमोबाट फोन गरी २५ लाख रुपैयाँ चिठ्ठा परेको बताएर ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार महतोले चिठ्ठा रकम प्राप्त गर्न अग्रिम एक लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी रकम लिएका थिए। उक्त रकम लिएर फरार भएका महतोलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।