नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराको विश्रामपुर-५ को सुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ।
उनीविरूद्ध ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैयाँ बिगो माग्दै आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। प्रतिवादीलाई जरिवाना र कैद सजायसमेत माग गरिएको छ।
वस्तु तथा सेवा खरिद नै नगरी झुठो बिक्री बिजक जारी गरेर ठाकुरले आरुथिक वर्ष २०६८/६९ देखि २०७३/७४ सम्म मूल्य अभिवृद्धि कर तथा आयकर छलेको विभागले जनाएको छ।
मूल्य अभिवृद्धि करतर्फ २ करोड १५ लाख ८८ हजार २०३ र आयकर ४ करोड ३६ लाख २५ हजार ५२३ रुपैयाँ छलेको अनुसन्धानले देखाएको विभागको भनाइ छ।