बझाङमा ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका वडा नम्बर ५ ओसैलका २५ वर्षीय तारा कामी रहेका छन्।
गत पुस २७ गते सोही ठाउँकी ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेको आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकमाथि जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।