दुई वर्ष अघिको खोलमा खाद्यवस्तु हालेर विक्री गर्ने मोरङ कटहरीको एउटा उद्योग कारबाहीमा परेको छ।
२०७५ सालको खोलमा २०७७ को मिति हालेर सेवई विक्री गर्ने कटहरी – २ को अंश घरेलु उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गरेको हो।
कार्यालयका अनुसार ‘उपभोक्तामाथि गम्भीर खेलवाड गरेको’ ठहर गर्दै गर्दै जरिवाना गरिएको हो।
अनुगमनका क्रममा बुधबार उक्त सामान बरामद भएको थियो।
दूधमा हालेर खाजाको रूपमा खाने ‘सेवई’ उत्पादक सो उद्योगले दुई वर्ष अगाडि मिति उल्लेख भएको र्यापरमा नयाँ लेबल गरेर बजारमा पठाउने गरेको भेटिएको थियो।
सेवई र खोलको आयु १२ महिनाको हुने गरेको छ। तर, सो उद्योगले दुई वर्ष पुरानो खोल प्रयोग गरेको भेटिएको थियो।