बनेपाको साँगास्थित हिमाल ग्यास उद्योगमा ग्यास सिलिण्डर राख्ने ट्यांकी पड्किँदा तीन जना घाइते भएका छन्।
लिकेज भएका सिलिण्डर राखिएको ट्यांकी पड्किँदा तीन कर्मचारी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
'बजारमा जाने सिलिण्डरमा लिकेज छ कि छैन भनेर चेक गरेपछि लिकेज भएका सिलिण्डरमात्रै राख्ने ९८० केजी बराबर अटाउने ट्यांकी रहेछ। त्यो ट्यांकी पड्किएछ' उनले भने।
आगलागी हुन नपाएकाले तीन जना कर्मचारी घाइते बाहेक अन्य सामान्य क्षती पुगेको इन्स्पेक्टर तिमिल्सिनाले बताए।