सेवाग्राहीसँग घुस लिने महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा परेका छन्।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले मंगलबार निलम्बन गरेको प्रमुख एसएसपी अशोक सिंहले बताए।
मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर शर्माले आइतबार सेवाग्राहीसँग घुस लिएपछि अनुसन्धान गर्न परिसर तानिएका हुन्।
एसएसपी सिंहका अनुसार उनीमाथि अनुसन्धान गरी निलम्बन गरिएको बताए।
उनले सेवाग्राहीसँग सवारी दुर्घटनासम्बन्धी मुद्दामा यातायात व्यवसायीसँग १५ हजार घुस रुपैयाँ लिएको एसएसपी सिंहले बताए।
‘उनीमाथि थप अनुसन्धान गरिनेछ’, उनले भने।