प्रहरीले चरी बाघको छालासहित एक जनालाई धापासीबाट पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले टोखा नगरपालिका वडा नं.-७ धापासीबाट आइतबार एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिन नगरपालिका-८ बस्ने ३१ वर्षीय कमलप्रसाद सुनुवार छन्।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा सुनुवारलाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।
सुनुवारबाट प्रहरीले चरी बाघका दुई वटा छाला (अखेटोपहार) बरामद गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले डिभिजन वन कार्यालय, काठमाडौं पठाएको छ।