सेवाग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा महानगरीय प्रहरी परिसर, काठमाडौं तानिएका छन्।
मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर शर्मामाथि थप अनुसन्धान गर्न आइतबार परिसर तानिएको काठमाडौं परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
उनलाई सेवाग्राहीसँग १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ।
'सवारी दुर्घटना सम्बन्धी मुद्दामा घुस लिएको भन्ने छ। अनुसन्धानका लागि हामीले टेकु तानेका छौं,' एसएसपी सिंहले सेतोपाटीसँग भने, ‘यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’
उनीमाथि अनुसन्धान गरी दोषी देखिए निलम्बन गरिने एसएसपी सिंहले बताए।