अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरीका प्रहरी हवल्दार र व्यापारीलाई घुस रकमसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, हरिनगराका प्रहरी हवल्दार भोला यादव र स्थानीय व्यापारी विनोद साहलाई अख्तियारले पक्राउ गरेको हो।
यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने उजुरी परेको थियो।
सोही सूचनाको आधारमा इटहरीबाट खटिएको टोलीले हरिनगर गाउँपालिका-४ हरिनगराबाट यादव र साहलाई ६ हजार घुससहित नियन्त्रणमा लिएको हो।
प्रवक्ता तारानाथ अधिकारीका अनुसार यादवले सेवाग्राहीसँग ६ हजार घुस लिएर तत्कालै खाजा होटल सञ्चालक विनोद साहलाई राख्न दिएका थिए।
त्यसपछि अख्तियारको टोलीले उनीहरू दुबै जनालाई पक्राउ गरेको हो।