पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन्।
लामो समयदेखि विभिन्न रोगबाट पीडित दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिइन्।
प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।
'मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी,' उनले फेसबुकमा लेखेकी छन् ।