पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।
पहिचान नखुलेको मोटरसाइकलको ठक्करबाट कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुर बस्ने ६५ वर्षीय चम्पादेवी हल्वाईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जनेगुले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएकी हलुवाईको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
वृद्धा महिलालाई ठक्कर दिएर फरार रहेको मोटरसाईकल र सोका चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।