आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरूषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो।
ती पुरूषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।
अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए। मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।