संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ।
समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो।
यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो।
बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो।