बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
राजविराज नगरपालिका-३ सप्तरीका ६३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।
अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्याका कारण उनी प्रतिष्ठानमा दुई दिनअघि रिफर भएका थिए।
विराट मेडिकल कलेजमा उपचार भइरहँदा उनलाई धरान रिफर गरिएको थियो। बिहीबार रिफर भएका उनको बिपीमै कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।
उनलाई सोही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको डा. सापकोटाले बताए। नियमअनुसार मृतकको शव व्यवस्थापनमा नेपाली सेना काम गरिरहेको बताइएको छ।