बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तुको वाणगङ्गा ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
अस्पतालका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो।
असोज ३ गते अस्पताल आएकी ती महिलाको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरी राखिएको थियो।
स्थिति जटिल बनेपछि बिहीबार बिहान भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो।
आजै बिहान कपिलवस्तु र नवलपरासीका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको थियो।