लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण फैलिएसँगै आइसोलेसन र आइसियू स्थापना तथा व्यवस्थापनमा सक्रिय रुपमा खटिँदै गर्दा आफू कोरोना संक्रमित हुन पुगेको उनले बताएका छन्।
दुई दिनअघि सुख्खा खोकी र ज्वरो आएपछि पिसिआर परिक्षण गर्दा बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको भन्दै डा. खनालले फेसबुक मार्फत जानकारी गराएका हुन्।
उनले आफू घरमै सुरक्षित रुपमा आइसोलेसनमा बसेको र सुख्खा खोकी लागिरहेकोले केही जानकारी वा काम परेको खण्डमा फोन नगरी म्यासेज गर्न आग्रह गरेका छन्।
त्यस्तै पछिल्लो एकसाता यता आफ्नो सम्पर्कमा आएकालाई पिसिआर परीक्षण गर्न र सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न सुझाव दिएका छन्।