काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तीमध्ये काठमाडौंका ६ सय ९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जना छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै ४५७ निको भई घर फर्किसकेका छन्।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।