काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तीमध्ये काठमाडौंका ४ सय ९२ जना, भक्तपुरका ९५ जना र ललितपुरका ५० जना छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै १ हजार ८ सय ९३ जना निको भई घर फर्किसकेका छन्।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।