स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही प्रयोगशालाहरूमा केही मानिसलाई कोरोना पोजेटिभ भए पनि नतिजा नेगेटिभ देखाएको भन्दै गुणस्तर कायम गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रयोगशालाहरूमा 'फल्स नेगेटिभ' अर्थात पोजेटिभ केसलाई पनि नेगेटिभ देखाउने गुनासो आएको भन्दै प्रयोगशाला सञ्चालकहरूलाई गुणस्तर कामय गर्न भनिएको जानकारी गराए।
'पिसिआर परीक्षणमा पनि 'फल्स नेगेटिभ' आउने सीमित सम्भावना त हुन्छ तर त्योभन्दा धेरै नेगेटिभ आएको भन्ने गुनासो आएको छ। यसमा सजक रहौं,' उनले भने।
मन्त्रालयका अनुसार अहिले देशभर ४९ वटा प्रयोगशालाहरूले पिसिआर परीक्षण गर्दै आएका छन्। जसमा निजी र सरकारी दुबै प्रयोगशाला छन्।