साथीको जन्मदिन मनाएर फर्किँदा गएराति एक किशोरी बलात्कृत भएकी छिन्।
राति पौने ९ बजेतिर जंगलको बाटो एक्लै हिँडिरहेको अवस्थामा १८ बर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ।
उनलाई बलात्कारको आरोपमा पोखरा–२० भलामका ट्याक्सी ड्राइभर ३५ वर्षीय गणेश खत्री पक्राउ परेका छन्।
खत्रीले डर धम्की देखाएर बलात्कार गरेको पीडित पक्षको आरोप छ। जिल्ला प्रहरी कार्यालयले बलात्कार आरोपी खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी सुवास हमालले बताए।