केरलामा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ।
शुक्रबार इडुक्की जिल्लाको राजाक्कडमा गएको पहिरोले १५ जनाको मृत्यु भएको हो। त्यहाँ करिब ५० जना अझै पुरिएको हुन सक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।
प्रहरीले पहिरोमा पुरिएका १६ जनाको उद्दार गरी अस्पताल लगेको जिल्लाका कलेक्टर एच दिनेशनले बताए।
उनका अनुसार भारी वर्षा र मौसमको खराबीका कारण उद्दार गर्नमा समस्या आएको छ। त्यस क्षेत्रमा तीन दिनदेखि भारी वर्षा भइरहेको छ भने बिजुली र नेटवर्कको समेत समस्या देखिएको छ।