पहिराका कारण अवरूद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ।
यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गएराति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरूद्ध भएको थियो।
पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरी चौकी मझिमटार धादिङका प्रहरी सहायक निरीक्षक रामु पुरीले जानकारी दिए।
थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए।
सडक अवरूद्ध भएपछि काठमाडौंतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो।