झापाको कमल गाउँपालीका वडा नम्बर ५ मा गए राती हात्तीको आक्रमण बाट एक व्यक्तिको ज्यान गएको छ।
कमल ५ टुक्रे स्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ बर्षिय रेवत रेग्मीको शुक्रबार बिहान करिब साढे २ बजे तिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले जानकारी दिए।
जंगलबाट आएका दुई वटा हात्तीको समुहले लखेटेर रेग्मीलाई मारेको कमल ५ का वडाध्यक्ष डम्मर निरौलाले सेतोपाटीलाई जानकारी दिए।
सशस्त्रको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट हात्तीले च्यापेर केही पर पुर्याएर मारेको वडाअध्यक्ष निरौलाले बताए।