सर्वोच्च अदालतका १ जना चालकमा कोरोना संक्रमण देखिएको छ।
सर्वोच्चमै कार्यरत् एक चालकका अनुसार पुल दरबन्दीको ड्राइभर (चाहिएका बेलामात्र बोलाउने) लाई कोरोना पुष्टि भएको हो।
१ सय ८१ जना कर्मचारीको परीक्षण गरिएकोमा १८० जनाको कोरोना नेगेटिभ र एकजना पोजेटिभ देखिएको ती चालकले बताए।
सर्वोच्चले चालक, कार्यालय सहयोगी र फाँटमा काम गरिरहेका १८० कर्मचारीको कोरोना परीक्षण गर्न पठाएको थियो।