जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
आइतबार राति अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएका व्यास गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गजेन्द्र दुलालले जानकारी दिए।
उनको मृत्युपछि स्वाब नमूना परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो।
सास फेर्न कठिनाइ भएर युवकको मृत्यु भएको हुनसक्ने दुवालले बताए।
उनको शव पोष्टमार्टमपछि आफन्तले बुझ्नेछन् ।