सोमबार काठमाडौं उपत्यकाका ५१* जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ५२ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका ४३*, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
आइतबार उपत्यकामा ३१ जना व्यक्तिमा संक्रमण देखिएको थियो। आज देशभर भने ४ सय १८ जना संक्रमित थपिएका छन्। यो पछिल्लो दुई सातायताको ठूलो संख्या हो।
लकडाउन अन्त्य भएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ। साथै बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिहरूमा समेत संक्रमण देखिएको छ। जसका कारण उपत्यकामा जोखिम बढेको छ।
(* संख्या सच्याइएकाे)