कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालय बन्द गरिएको छ।
आइतबारदेखि साउन २० गतेसम्म सेवा प्रवाह रोक्ने गरी कार्यालय बन्द गरिएको हो।
गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले गाउँपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवा प्रवाह बन्द गरिएको जानकारी दिए।
गंगालाल राष्ट्रिय हृदय रोगमा उपचाररत् बिरामी आफन्त भेटेर फर्केका गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो। अरू कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरे पनि नेगेटिभ आएको छ।