नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत सामग्री वितरण गरेका छन्।
जुगल गाउँपालिका वडा नम्बर ३ साविक गुम्बा गाविस गुन्टे गाउँका करिब ४० घरपरिवारलाई राहत वितरण गरिएको नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए।
त्रिपाल, दाल, चामल, च्युरा, नुनलगायत खाद्यान्न वितरण गरिएको उनले बताए। उक्त राहत सामग्री तरूण दल, नेविसंघ र महिला संघमार्फत् पीडितलाई हस्तान्तरण गरिएको तिमिल्सिनाको भनाइ छ।
अविरल वर्षापछि बाढीले दुई साता अघि सिन्धुपाल्चोकमा जनधनको क्षति भएको थियो।