महोत्तरीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ।
बिहीबार साँझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
जलेश्वर नगरपालिकासहित महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ गरी दुई वडामा आज राति ११ बजेदेखि ५ दिनको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए।
निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने समेत उनले बताए।
महोत्तरीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ भने मृतकको शव व्यवस्थापनमा खटिएका दश जना नेपाली सेनासहित १३ जना संक्रमित भएका थिए।
महोत्तरीमा हालसम्म ८ सय ६३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए।