मोरङको बुढीगंगा गाउँपालिकामा लागुऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्।
बिहीबार राति गाउँमा लागुऔषध कारोबार हुने भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीमाथि आक्रमण भएको हो।
आक्रमणबाट तीन जना प्रहरी घाइते भएको मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।
'लागुऔषधसम्बन्धी एक अपरेसनमा खटिएका तीन जना प्रहरी घाइते भएका छन्,'उनले सेतोपाटीसँग भने,'एक जना गम्भीर घाइते छन्।'
घाइतेको उपचार विराट शिक्षण अस्पतालमा भइरहेको छ।
डिएसपी राईका अनुसार प्रहरीको सुरक्षाका लागि दुई राउण्ड हवाई फायर समेत भएको थियो।
उक्त घटनामा संलग्न पाँच जनालाई पनि नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए।