कमलादीमा सुन, चाँदी र बन्दुक फालेर भागेको भनिएको गाडी फेला परेको छ।
बिहीबार दिउँसो ललितपुरको नखिपोटमा बा ६ च ५५१९ नम्बरको गाडी फेला परेको हो।
'एकछिन अगाडि नखिपोटको एउटा निर्माणधीन घरमा लुकाइएको अवस्थामा फेला परेको हो,'महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले जानकारी दिए।
कमलपोखरीमा चेकिङको क्रममा प्रहरी स्कोर्पियोलाई रोक्न खोज्दा सुन, चाँदी र पेस्तोल भएको झोला फालेर अभियुक्त भागेको भनिएको थियो। तर प्रहरी स्रोतले कमलादीबाट नभएर सुन्धाराबाट ती सामान भेटिएको बताएको छ।
प्रहरीले गाडीमा सवार भएका तीन जनालाई पनि पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन्।