कैलालीमा मृत फेला परेकी महिलाको हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।
मंगलबार गोदावरी नगरपालिका वडा नम्वर १० मा मृत भेटिएकी २२ वर्षीया लक्ष्मी साउदको हत्या आरोपमा उनका श्रीमान ओम साउद पक्राउ परेका हुन्।
नहर किनारमा लक्ष्मीका शव फेला परेपछि माइती पक्षले श्रीमानका नाममा किटानी जाहेरी दर्ता गराएका कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।
प्रहरीका अनुसार मृतक महिला तीन दिनदेखि घरबाट बेपत्ता भएकी थिइन्।