झापाको कनकाई नदीमा आएको बाढीले बगाएर बुधबार एक जना युवक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाईको बाढीमा बगेर आएका दाउरा संकलन गर्न पसेका कनकाई नगरपालिका वडा नं ४ बस्ने २८ वर्षीय कमल मुखिया बेपत्ता भएका हुन्।
बुधबार दिउँसो करिब साढे ३ बजेतिर उनी दाउरा बटुल्दै गरेका उनले बताए।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।