प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीको पदस्थापन भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीमा शाही र कार्कीलाई बढुवा गरेको थियो। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआइजीद्वयलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए।
दर्ज्यानी चिन्ह पाएसँगै दुबै जना एआइजीको पदस्थापन भएको हो। शाहीलाई मानवस्रोत तथा प्रशासन विभागमा र कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।