नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्।
बुधबार नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतले पाएका हुन्।
यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए।
उनी एआइजीमा बढुवा भएसँगै प्रवक्ता फेरिएका हुन्।
एआइजी शाही र प्रधुम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाइदिए।