बाजुरामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।
बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटमा पहिरोमा पुरिएर २२ वर्षका धर्मराज तिमिल्सिना बेपत्ता भएका हुन्।
उनको खोजी कार्य जारी रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।
गाई चराउन गएका बेला एक्कासि माथिबाट पहिरो आउँदा अरु दुई जना घाइते छन्।
घाइते हुनेमा सोही ठाउँका १७ वर्षका ज्ञान प्रसाद उपाध्याय र हरेन्द्र उपाध्याय रहेका छन्।
उनीहरूको उद्धार गरी बयलपाटा अस्पताल अछाममा उपचारका लागि लगिएको छ।