कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ।
तीन दिनअघि खेल्ने क्रममा स्थानीय बन्द नदीमा बगेकी मुस्कान थापाको मंगलबार शव फेला परेको थियो।
आमाबुवा सुतिरहेका बेला खेल्ने क्रममा उनी नदीमा डुबेर हराएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।
नदीमा बगेको भन्ने खबर आएपछि प्रहरीले खोजी गर्दा पाँच सय मिटरजति तल शव फेला परेको उनले बताए।