काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ र ९ सिल गरिएको छ। यी दुई वडामा कोरोना संक्रमित पाइएपछि नगरपालिकाले वडाहरू सिल गरेको जनाएको छ।
पाटन अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट वडा नम्बर २ की ४७ वर्षीया महिला र वडा नम्बर ९ का २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।
नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त वडाहरूमा 'ट्रेसिङ'को काम भइरहेको जानकारी दिएका छन्।
यसैगरी, बनेपा नगरपालिकाको वडा नम्बर ६ पनि सिल गरिएको छ। पिसिआर परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडा सिल गरेको हो।