लमजुङमा गएराति पहिरोले घर पुरिदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।
बेसीशहर नगरपालिका ७ सातबिसेमा गएराति पहिरोले घर पुरिदा स्थानीय दीपक तामाङ, बिमाया गुरुङ र छेवाङ तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार उनीहरु एकै परिवारका हुन्।
उक्त घटनामा ३ जना घाइते भएको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।
घाइतेहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।