सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार ७ सय ५२ जना पुगेको छ।
प्रदेशमा संक्रमित सात जनाको मृत्यु भएको छ भने नौ सय ९३ जना डिस्चार्ज भएका छन्।
एक सय जना विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् भने बाँकी स्थानीय तह र घरकै क्वारेन्टिनमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बिहीबार प्रदेशमा ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र डडेल्धुरामा भएको परीक्षणमा १६/१६, जना र काठमाडौंमा भएको परीक्षणमा तीन जनामा थप संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबभन्दा बढी कैलालीका ९ सय ९४ जना, अछामका ५ सय ९१, बाजुराका ४ सय ४६, डोटीका पाँच सय ३५, कञ्चनपुरका चार सय ४२ जना, डडेल्धुराका दुई सय ६९, बैतडीका दुई सय ९७, बझाङका एक सय ५९ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेशमा २६ हजार ८७ जनाको पिसिआर परीक्षण गरिएको छ।