कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एक आइएमईमा चोरी भएको छ।
आइएमई सञ्चालक तनुज जोशीले आज बिहान ६ लाख बराबरको चोरी भएको बताएका छन्।
उनले आइएमई सेन्टरको पछाडिबाट ढोका फोडेर चोरी भएको बताए।
‘काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको छ’,उनले भने।
चोरीमा संलग्न भएका एक युवक सिसिटिभीमा देखिएका छन्।
उनकोे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।