नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन्।
बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी क्षेत्रीलाई फुली लगाइदिएका हुन्।
उनले बिहीबार नै कार्यभार सम्हाल्नेछन्। क्षेत्रीले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।
उनी २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए।
उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए।
क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एक हुन्।
पूर्वआइजिपी ठाकुर प्रसाद ज्ञवालीले बुधबार अवकास पाएका हुन्। उनको नेपाल प्रहरीमा ३० वर्षे सेवा पूरा भएपछि अवकास पाएका हुन्।