बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ।
२८ वर्षका नरेश विष्टको सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएपछि उपचारका लागि धनगढी ल्याउँदै गर्दा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकन्द्र सिंहले उनको चैनपुरमा उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताए।