महानगरीय प्रहरी परिसर, ललितपुरको ब्यारेक भवन उद्घाटन भएको छ।
बुधबार बिहान नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आठ लाख ३१ हजार १० हजार ३०९ लागतमा बनेको भवनको उद्घाटन गरेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा चार तल्लाको भवन निर्माण गर्न २०७४ साल असार १३ गते सम्झौता गरिएको थियो।
उक्त भवन दुई हजार एक सय ६० वर्ग मिटरमा बनेको परिसरले जनाएको छ।
त्यस भवनमा २४ वटा कोठा छन्। कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, ३ जना एआइजी, डिआइजी, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, लगायतको उपस्थिति थियो।